कोभिड सङ्कटले सिकाएको पाठ

सङ्घीयता लागु भयो । हामी जन निर्वाचित भयौँ । हामीले केही कुराहरू सिक्दै गयौँ । सिक्दै जाँदा कतिपय स्थानमा कार्यविधिले अड्कायो । कतिपय स्थानमा विवादले अड्कायो । हाम्रो कार्यकाल ३ वर्ष पुग्दा हामीले धेरै कुरा सिकिसकेका थियौँ ।

नीति नियम र कार्यविधि पनि निर्माण गरिसकेका थियौँ । जनप्रतिनिधिको के कसरी नागरिकहरूलाई सहज रूपमा सेवा पुर्याउन सकिन्छ भनेर सिक्ने चरणमै थियौँ । यसै बिचमा हाम्रो लागि चुनौती स्वरूप कोरोना भाइरस महामारीको रूपमा आइपुग्यो । नेपाल मात्र नभएर विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरसले हामीलाई ठुलो समस्यामा पार्यो ।

 कोभिड र यसको कारण गरिएको लकडाउनले गर्दा हाम्रा विभिन्न विकासका कामहरू पछाडि धकेलिए ।  बजेट खर्च हुन सकेन । विकास बजेट कोरोना नियन्त्रणमा खर्च गर्नुपर्ने अवस्था सिर्जना भयो । कृषि, सडक, लिफ्ट खानेपानीको आयोजनामा समस्या भयो । कोरोना महामारीका कारण नगरपालिकाका विदेशबाट भित्रिएका १ हजार नौ सय बढी नागरिकहरू बेरोजगार भए । आयआर्जनका लागि विदेश जान नसकेकाले समस्या भयो ।

बेरोजगारीका कारण गाउँका महिलाहरू पीडित भए । बेरोजगारीका कारणले यहाँका युवाहरू गलत क्रियाकलापमा संलग्न भई महिला बालबालिकाहरू पीडित हुनसक्ने शङ्का उत्पन्न भयो । भारत तथा अन्य मुलुकबाट भित्रिएका १ हजार ९ सय नागरिकलाई हामीले निर्माण गरेका ३० वा विद्यालयका क्वारेन्टाइनमा राख्यौँ । हाम्रो करोडौँ विकास बजेट कोरोना नियन्त्रणमा खर्च भयो । अहिले पनि सानो सानो भोल्युममा रकम खर्च भइरहेको छ ।

कोभिडको सङ्कटले हामी सबैलाई थलाएको छ छ तर हामीले यो चुनौती सामना गर्नु नै छ । हामीले नगरपालिकाभित्र कोरोना भाइरसको त्राससँगै विदेशबाट भित्रिनुभएका युवाहरूको रोजगारीको लागि विभिन्न साझेदारी कोषमार्फत काम गर्ने गरी रकम विनियोजन गरेका छौँ । प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममा विदेशबाट फर्किएकाहरूलाई प्राथमिकता दिन्छौँ ।

साना तथा घरेलु उद्योगमार्फत ९० जनालाई उद्यमी बनाउने भनेर पैसा आएको छ । त्यसमा पनि वैदेशिक रोजगारबाट फर्केकाहरूलाई ध्यानमा राख्छौँ । उद्यमीहरूलाई कृषिमा अनुदानसमेत दिन्छौँ । एएसडीपी कार्यक्रममा प्रतिनागरिक ३५ हजार रुपैयाँको दरले करेसाबारीका लागि बजेट आएको छ । कोभिडको वहुआयामिक प्रभाव कम गर्न म व्यक्तिगत रूपमा र नगर उपप्रमुखको रूपमा लागिरहेको छु । हेरौँ कति सकिन्छ ।

यो कथा चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखका उपमेयर तारा शाही खत्रीसंग गरिएको कुराकानीमा रहेर लेखिएको हो ।

मास्क म्यान ‘बिरु’ भनेर चिनिदा…

विदेशमा श्रीमान् संक्रमित हुँदा…

फुच्चे भाइरसको कत्रो तागत !

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।