कोरोना सँगै अघि बढ्दै

 ‘एक घर एक रोजगार’ भनेर हामीले नेताहरूलाई जितायौ । स्थानीय चुनावपछि केही होला भन्ने भयो तर पछि केही भएन । रोगजारीहरुलाई केही उपलब्धिको काम नै भएन ।  पैसा आउने बाटो नै नभएको फेरि यहाँबाट रोजगारीको लागि धेरै मानिसहरू बिदेसिनु पर्ने अवस्था आयो ।

मेरो एक जना नवलपरासीको साथी विवाह भएर यो ठाउँमा (धनगढी, फूलबारी) आउनु भएको थियो । एक दिन उनले मलाई “मसँग सानो सिप छ दुना टपरीको व्यापार गरौँ” भनिन् । हामी नि त्यत्तिकै बसिरहेको हुन्छौ घरको काम सकेर त यस्तै पनि घाँस दाउरा गर्न वनजंगल जानै पर्छ । किन आफूलाई गुम्साएर राख्ने ? किन आफ्नो घरको खर्च आफै जुटाउन नलाग्ने भन्ने सोचले म पनि साथीको दुना टपरी खोल्ने कुरामा सहमत भए ।

त्यसमाथि यो काममा खेर गएको पातको प्रयोग पनि हुने वातावरणलाई नि राम्रो । स्वास्थ्यमा पनि फाइदा पुग्ने । त्यति मात्रै नभई यहाँको अन्य महिलाहरूले पनि रोजगार पनि पाउलान् भन्ने पनि लाग्यो ।

त्यसको केही समय पछि उनीले त्यो सिपलाई लिएर जाऊ वडामा भनिन् । तर वडामा खासै कोही थिएन हाम्रो कुरा खाने । एक जना टोल कमिटीको अध्यक्षले भने एकदम राम्रो कुरा छ म साथ दिन्छु भन्नुभयो । अरूले साथ नदिए पनि म साथ दिन्छु मैले के के गर्नु पर्ने हो लौ भन्नुस् भन्नु भयो ।

हामीमा पनि अलि आसा पलायो । केही रकमहरू सरले हाल्नुभयो । अनि केही हामीले ढुकुटी खेलेको रकम झिक्यौ । वडामा दर्ता गर्‍यौ घरेलुमा पनि तुरुन्तै ३ जनाको नाममा दर्ता गरिहाल्यौ । घरेलुबाट हामीलाई प्रशिक्षक पनि प्रदान गरिदिनु भयो ।

सूर्यमाया श्रेष्ठ दिदीले हामीले तालिम दिनुभयो । १० जना महिला थियौ । सबैले तालिम लियौ । २ वटा मेसिन दियो । चलायौ राम्रो भयो । त्यसपछि वडालाई पनि निमन्त्रणा दियौ यस्तो काम गरिराखेको छौ भनेरपछि उनीहरू पनि खुसी भएर एउटा मेसिन किन्ने रकम हालिदिनु भयो । नगरपालिकाले पनि एउटा  मेसिन  सहयोग गर्‍योप्रदेश स्तरबाट पनि साथ र सहयोग नै पायौँ ।

हामीले दुना टपरी त बनायौ तर सुरुसुरुमा बिक्री नै हुन्थेन । मानिसहरूले सालको पात कसैले किन्छ ? यो पात बेचेर नि को धनी होला ? भन्ने जस्ता धेरै कुराहरू भनेका सुन्थे । बजारमा जाँदा पनि  यति राम्रो प्लासटीकको चम्किलो भाडा छोडेर यो सालको पातमा कोही खान्छ भन्थे । फाइबर त टल्क टल्कनेहाम्रो पातहरू देखाउँदा मानिसहरू हाँस्थ्योकिन्नुको सट्टा धेरै उल्लीबिल्ली गर्थे । बजार जाँदा पनि ओहो ! पात बेच्न गएकी भन्थे । राम्रो मान्थेनन् । १ वर्ष सम्म जसो त बिक्री नै भएन, धेरै दुना टपरी त स्टकमा राखेर कुहिएर नै गयो । बल्ल बल्ल एक दुई जनाले भने हाम्रो दुख देखेर किनिदिन्थे । तर बिस्तारै मान्छेहरू प्लास्टिकको भाडाले रोग निम्ताउँछ भन्नेमा पुगे र अहिले पातको भाडाको माग बढ्न थाल्यो ।

हामीलाई सालका पातहरू जङ्गलबाट लिन वन कार्यालयले दिएको छ । अहिले सम्म ३ वर्ष भयो पैसा मागेको छैन । फेरि हामी रुख भाँच्दैनौसानो सानो बुट्यान हुन्छ । यसै पनि झरेर जाने पात हो यो हामी पनि कलिलो पात न टिपेर  छिप्पिएको पात टिप्छौ । म बिहान खाना खाएपछि रातिको १० बजे सम्म काम गर्छु । म सँगै काम गर्ने ५० वर्ष नै क्रस भएकाहरू २० जना र ४० देखि ५०  उमेरका १५ जना जति कामगर्नेहरु छन् ।  दैनिक १०-१५ जना पात टिप्न जानु हुन्छ ।

हामी ३ जना नै काममा परिपक्व भइसकेपछि । अहिले भने हामी ३ जना साथीहरूले छुटाछुटै दुना टपरीको उद्योग खोलेका छौ । पहिला सगोलमा हुँदा ९० जना काम गर्ने हुन्थ्यौ। अहिले दुईतिर हुँदा आधिले उता आधीले यता काम गर्ने गरेका छन् । अझै धेरैले रोजगारी पाउन भनेर छुटाछुटै उद्योग खोलेका हौँ।

मैले आफैले छुटै उद्योग खोले बेला देखि नै लकडाउन पनि ठ्याकै सुरु भयो । सबै बन्द भएको बेला । मेसिन पनि खराब भयो । उत्पादन भएनखालि पात मात्रै लिए ।

धेरै दिन यत्तिकै बसेर हुन्न भनेर मैले कतिलाई पात ल्याउन जङ्गल जाऊ भन्दा कति मान्छेले आँ! यसै पनि मर्ने उसै पनि मर्ने भनेर त्यतिकै बसे । म एक्लै जङ्गल जाने, पात ल्याउने, सुकाउने, बिटो बनाउने काम गर्थे । पछि कसैले भने हामी एक ठाउँमा बनाउने त हो यत्तिकै बस्नु भन्दा पैसा त आउँछ भन्ने सोचेर पनि काममा आए । अलि पछि दोकानहरू पनि खुले अनि मेसिन बनाए । अनि हामीले फेरि दुना टपरी बनाउने काम सुरु गर्‍यौ ।

२-३ महिना जसो धेरै दु:ख भयो । कस्तो बेलामा छुटिए जस्तो भयो । त्यो बेला अटो, गाडी चल्दैन थियो । बाटोमा गाडीहरू आएको बेला यता उति बेच्न जान्थे । कहिले सानो ठेलागाडी (चटपटे पानी पुरी) लाई किन्न भन्थेउनीहरू कोही खान नै आउँदैन के लिनु भन्थे । कति पटक त म वडा अध्यक्ष काममा निस्कँदा उहासंगै उहाँको गाडीमा बजारमा पात बेच्नको लागि पुगेको छु ।

त्यो बेला बजार समान लिएर जानु पर्थ्यो; वरपरकाले ल! कोरोना बोकेर आउने भयो भन्थे । तर म भने आफ्नो सरसफाइमा ध्यान पुगाउथ्ये । सचेत चाहिँ थिए त्यति गर्दा पनि रोग ल्याउने भयो भन्ने कुरा आउँथे ।

अहिले लाग्छ लकडाउन भएर फाइदा नै भयो । यो कोरोनाले गर्दा मानिसहरू आफ्नो स्वस्थको ख्याल राख्ने भएका छन् । मानिसहरूले केहिहद सम्म प्लास्टिकको प्रयोग बन्द गरेका छन् । अहिले जे होस  बजारमा गएपछि फाइबर देख्न अलि कमै पाइन्छ । पात नै प्रयोग गरेको जस्तो लाग्छ ।

यहाँ दैनिक  ६ हजार  उत्पादन  हुन्छ दैनिक  धनगढीमा  ३ हजार  दुना टपरी पुगाउनु पर्छपानी पुरीचाटवालालाई । काठमौडौ दुई लट पठाइ सके । त्यहाँबाट सोलुमा काकाले लग्नु हुन्छ अझै माग गर्नु भएको छ । डोटी, डडेलधुराबेलीझराली अरू धनगढी क्षेत्रमा बिक्री भइरहेको छ ।

पहिला त समाजले मलाई श्रीमानले विदेशबाट कमाएर त्यत्रो पैसा पठाएकै छ कति नपुगेको होला ? कति नै काम गर्नुपर्ने भन्ने गर्थे । अहिले त्यही समाजले भावनाले यो काम सुरु नगरेको भए हामी पात बेच्न कहाँ जान्थ्यौ होला ? काम कहाँ पाउँथ्यौ होला ? पैसा आउने बाटो कहाँ पाउँथ्यौ  होला ?  ओहो यो काम न छोड है  हामी जसरी भए पनि तिमीलाई साथ दिन्छौ । तिमीले गर्दा हाम्रो बालबच्चालाई खानाचुलो चौककोका साना कामहरूमा सहयोग भएको छ । घरमा सहयोग भएको छ । जस्ता कुरा भन्नुहुन्छ । त्यो सुन्दा आफूलाई नि खुसी लाग्छ ।

मेरो श्रीमान् भने बाहिर साउदी अरबमा हुनुहुन्छ । गएको ५ वर्ष भयोपहिले त मेरो काम धेरै नराम्रो मान्नु हुन्थ्यो । अहिलेचाहिँ मिडियाहरूमा देख्नु भएछसाथीभाइबाट सुन्नुभयो होला । फेरी अहिलेको फेसबुकको जमानाले मैले जे काम गरे पनि उहाँबाट छेकिन्न । त्यसैले पनि अहिले राम्रो भन्नुहुन्छ राम्रो काममा भुलेको रहेछौ भन्नुहुन्छ ।

पहिले मलाई बिर्सिएर नराम्रो काम पो गर्‍यौ कि भन्ने कुरा गर्नु हुन्थ्यो । अहिले म यस्तो काममा व्यस्त छु है भने बुझ्नु हुन्छ । पहिला  त  बुझ्नु हुन्थेन। भन्नु हुन्थ्यो ल ल ! भैगो मलाई बिर्सन खोजेकी होला नि । कतिपय महिलाहरू श्रीमान् विदेश गएपछि अरू सँगै भागेका थिए । उहाँकै साथीहरूको श्रीमतीहरू पोइल गए श्रीमान्  छोडेर गए रे । अनि उहाँले मलाई तैँले नि यस्तै  गर्न  खोजेकी होस् भन्नु हुन्थ्यो । मैले होइन भन्दा नि पत्ताउनु हुन्न थियो । तर मैले उहाँको  हरेक  गाली शङ्कालाई सहेर आफ्नो ठाउँमा  बसेर  केही गलत काम नगरेर अरूको  कुरा  नसुनेर  आफूलाई सफल बनाए ।

अहिले ठिकै छ केही छैन मलाइ  माफ  गरिदे  है  भन्नु हुन्छ ।  मेरो १४ वर्ष कि नानु र ११ वर्षको बाबु छन् । उनीहरू दुवै नै खुसी छन् । नानु त झनै खुसी छेस्कुलमा जाँदा कहिलेकाहीँ पत्रपत्रिका देखाएरहेर् दिया तेरो मम्मीको फोटो आएको छ भन्छन् रे ।

पहिला पहिला मेलाहरूमा पनि पात बेच्न बसेको होत्यहाँ बस्दा चाहिँ छोरीले नबस्नु मम्मी लाज लाग्छ भन्थी । पत्रीकामा आउँछ फेरि सबैले टपरी बेच्नेको छोरी भन्छ भन्थीतर अहिले धेरै पत्रपत्रिकामा खबर आउन थाले पछिराम्रो काम भने भएपछि पहिला मम्मीलाई कराउने छोरीले सपोर्ट गर्नुपर्ने काम रहेछ भनेर साथ दिन्छे ।

टपरी वालाको छोरी हो भन्दा अहिले गर्वले हो भन्छु भन्छे । यस्तो सुन्दा आफूलाई झनै गर्व महसुस हुन्छ । सरहरूले पनि भन्नुहुन्छ रे दियाको मम्मीले राम्रो काम गरेको छ । एउटा महिला भएर अरूलाई नि रोजगार दिने काम गरेको छ धेरै प्रशन्सीय काम गरेको छ भन्न हुन्छ रे छोरीले भन्दै थिई । खुसीले गद गद छु म पनि ।

काम सानो ठुलो केही हुँदैनश्रमको सम्मान गर्नु पर्छ । बाटोमा गएर माग्नु भन्दा आफ्नो काम गरेको राम्रो हो नि । अहिले कोरोनाले सबैको काम खोसिदिएको छ त्यसैले पनि हाम्रो स्थानीय सरकारहरूले प्रत्येक  महिलाहरूले आफ्नो  वडामा  गएर  विभिन्न  सिपमूलक  काम  सिकाउनु पर्छ । महिलाले पनि आफूलाई चुलो चौकामा मात्रै सीमित नभएर आफ्नो लागि आफ्नो परिवार र समाजमा उदाहरणीय  काम गर्नुपर्छ ।

यो कथा भावना पुलामी मगरसंग गरीएको कुराकानीमा रहेर हाम्रो साथी अनुषा स्वाँरले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।