सहकार्य र समन्वयहरु हुँदै जाने रहेछ

हामीले जन्मेदेखि आजसम्मकै पहिलो अनुभव भएका कारण सुरुमा त हामी अत्यन्तै त्रसित पनि भयौँ । बाहिर अन्य राष्ट्रहरूमा पनि अत्यन्त तीव्र गतिमा कोभिड फैलिएको कारणले गर्दा पनि होला अलिकति सजग पनि भयौँ । पछि चैँ बिस्तारै बिस्तारै आफ्नो देशमा पनि समस्या आइपुग्दा खेरी चैँ त्यसको सामना गर्नुपर्ने भएका कारणले गर्दा पनि हामी जुनसुकै परिस्थितिको लागि पनि तत्पर हुँदै अघि बढ्दै गयौँ र बिस्तारै हाम्रो डर पनि हराउँदै गयो । त्यति वेला हाम्रो लेकवेशी नगरपालिकामा पनि करिब ३५०० भन्दा बढी युवाहरू भारतबाट फर्किए भने १५०० भन्दा बढी तेस्रो मुलुकबाट फर्किए । त्यति मान्छेहरूलाई व्यवस्थापन गर्नका लागि पनि कोभिडको अवस्थामा हामीलाई समस्या समाधान गर्न धेरै सङ्घर्ष गर्नुपर्‍यो । त्यति बेला ड्राइभरहरू पनि गाडी चलाउन डर मान्ने, बाहिरबाट मान्छेहरू ल्याउनुपर्ने भएको कारणले गर्दा पनि हामीले धेरै सङ्घर्ष गर्नुृृपर्ने अवस्था थियो । तर पनि हामी पूर्ण लगनका साथ काम गरी ती सम्पूर्ण युवाहरूलाई आफ्नो पालिकामा राखी सुरक्षित साथ कोभिड पनि निको पारी उहाँहरूलाई व्यवस्थित रूपमा घर पनि पठायौँ ।

यो मामलामा हामीलाई अझ भाग्यमानी नै मान्नुपर्छ, किनकि सुर्खेत जिल्लामा सबैभन्दा पहिला नै लेकबेशी नगरपालिकामा  कोभिड देखिएको भए पनि अहिलेसम्म यस सम्बन्धमा कुनै दु:खद खबर हामीले सुन्नु परेन र अहिलेसम्म सबै जना सुरक्षित तरिकाले बस्नुभएको छ । यो सब जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्व गर्नुभएका महानुभावहरू, सुरक्षाकर्मीहरू, समाजसेवीहरू, पत्रकारहरू लगायतका अन्य धेरै साथीहरूको सहयोगले गर्दा मात्र सम्भव भएको हो । कोभिड कालको महत्वपूर्ण पाठ चाहिँ हामी कुनै पनि समस्या आए पनि त्यो समस्यासँग नडराएर उक्त समस्याको डटेर सामना गर्नुपर्दछ । जब समस्या आइपरिसके पछि चैँ त्यसको सामना गर्न पनि त्यति गाह्रो पर्दो रहेनछ ।

पहिला हामी बाटाहरूमा हिड्दाखेरी पनि स्थानीयहरुले ‘यिनीहरू कहाँ कहाँबाट आउँछन्, यिनीहरूसँग बोल्ने कि नबोल्ने’ भन्ने विषयमा अन्योलमा पर्नुहुन्थ्यो तर पछि गएर यिनीहरू राम्रै कामका लागि हिँडेका रहेछन्, हाम्रै बचाउका लागि हिँडिरहेका रहेछन् भन्ने बुझेर होला सायद  उहाँहरू पनि हातेमालो गर्न आउनुभयो । त्यस कारण जति जति समस्या नजिक आयो, यो समस्यासँग जुध्नै पर्ने भएको कारणले गर्दा पनि त्यति त्यति मान्छे अल्लि खुला पनि हुँदै जाने रहेछ, सहकार्य र समन्वयहरु हुँदै जाने रहेछ । त्यसैले पनि हामीले सहज रूपमा यो कोभिडलाई जित्यौँ जस्तो लाग्छ ।

यो समस्या अझ पनि छ तर अहिले चैँ हामी कोभिडसँग डराएर होइन, त्यसबाट अझ बढी सतर्क रहेर यसको सामना गर्दै सुरक्षित मापदण्डहरू अपनाएर काम गरिरहेका छौँ ।

यो कथा लेकवेशी नगरपालिका, सुर्खेतका उपमेयर शान्तिकुमारी छन्त्यालसंग गरिएको कुराकानीमा आधारित भएर हाम्रो साथी दिनेश गौतमले लेख्नुभएको हो।

 

कोही असाध्यै धनी, कोही माग्ने गरिब

आफ्नो सुरक्षा आफैँ

शान्तिपूर्ण प्रदर्शन

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।