कोरोनामा कर्णाली प्रदेश

सन् २०१९ डिसेम्बरमा चिनको सहरमा उत्पति भएको यो भाइरसले अहिले विश्वलाई नै त्रसित बनाएको छ । विश्वमै पहिलोपटक देखा परेको यो भाइरसको संक्रमण हाल नेपालमा छ सयभन्दा पनि बढीमा संक्रमण देखिसकिएको छ भने तीन जनाको मृत्यु पनि भईसकेको छ । नेपाल एउटा विकासोन्मुख देश हो जाहाँको मुख्य पेशा कृषि भनिएता पनि देशको ठूलो हिस्साको अर्थतन्त्र रेमिटेन्सले धानेको छ । अक्सर कर्णाली प्रदेशलाई देशको पिछडिएको प्रदेश भनिन्छ । जहाँ धेरै संख्यामा नागरिकहरु अत्ति आवश्यक मानिने सेवा र सुविधाबाट बन्चित छन् अझै पनि । कर्णाली प्रदेशको अधिकांश मानिसहरु रोजगारीको लागि छिमेकी मुलुक लगायत अन्य धेरे मुलुकहरुमा जाने गरेको पाइन्छ । म कर्णाली प्रदेशको सुर्खेत जिल्ला पञ्चपूरी नगरपालीका ९ विद्यापूरमा बस्छु ।

अहिले लकडाउनमा यहाँको अवस्था भन्ने हो भने सुरु सुरुमा मान्छेहरु धेरै सजक र सचेत बनेका थिए । अहिले चाहिँ कम सजक भएको जस्तो लाग्छ । पहिले बाहिर जान, घुमफिर गर्न, अरुकोमा जान, बस्न डराउथे भने अहिले बिस्तारै त्यो अवस्था कम भएको छ । सार्वजनिक सवारिका साधनहरु चलेको छ भने मालवाहक सवारी साधनहरु पनि चलेका छन् । मानिसहरुको हिडडुलमा कमि भएको छैन । अहिले खेति किसानीको समय भएर पनि मानिसहरु खेती किसानीमा व्यस्त छन् ।

केहि समय अघि मात्र यहाँको प्रदेश र स्थानीय सरकारले अलपत्र नागरीकहरुलाई आफ्नो ठाउँमा ल्याएर क्वारेन्टीनमा राखिएको थियो । उनीहरुको चेक जाचँ गरि रिर्पोट नेगेटिभ आएपछि सबैलाई घर पठाइयो । पसलहरु सबै बन्द छन् तर अत्यावश्यक सामानहरु चाहिएको समयमा उपलब्ध गराएको छ । पसल वरिपरि तार तथा पलास्टिकको डोरि बाँधेर कम्पाउन्डिङ गरिएको छ र ग्राहाकहरुसँग प्रत्यक्ष सम्पर्कमा नआई सामानहरु बेच बिखन भइरहेको छ । गाउँघर तिर सार्वजनिक धाराहरु र असुरक्षित बसोबासले गर्दा चाहिँ अलिक जोखिम नै छ । लकडाउनको सुरुसुरुको केहि दिनमा चाहिँ बाहिर निस्किन हिड्डुल सबै बन्देज थियो । अहिले चाहिँ बिस्तारै बिस्तारै मानिसहरू आफ्नो दैनिकी पहिलाको जस्तै सुचारु गर्न थालिसके ।

जति मानिसहरु सचेत हुनुपर्ने हो त्यति देखिदैन । सायद नेपालीहरुको खानपान र नियमित व्यायामले गर्दा यो रोग नेपालीहरुमा लाग्दैन भन्ने भ्रमले गर्दा लकडाउन केहि खुकुलो भएको हो कि यतातिर जस्तो लाग्छ मलाई । अधिकाशं ठाउँमा धान रोप्ने समय भएकोले किसानहरु खनजोत गर्न, बिउ राख्न र तरकारी लगाउनमा व्यस्त छन् । मानिसहरुलाई ज्याला मजदुरीमा लगाईरहेकै छन् । केहि मानिसहरुको आर्थिक अवस्था निकै नाजुक छ । बिहान बेलुका अरुकोमा काम नगरे खान नपुग्ने अवस्था हुनेहरु अरुको काम गर्न जान बाध्य छन् जतिसुकै डर होस् या घरभित्रै सुरक्षित बसुन् भनुन् । राहतको नाममा एउटा साबुन बाडिरहेको छ । खाद्यान्नको नाममा जम्मा एक पटक चामल उपलबध गराइएको थियो । लकडाउनले यो ठाउँको जनजीवनमा धेरै असर पारेको छ । श्रमिक गरेर खानेहरु खुलेर श्रम गर्न पाइरहेको छैनन् । सानो सानो बच्चा तथा विद्यार्थिहरुमा पनि यसको प्रत्यक्ष असर देखिन्छ । विद्यार्थिहरु विद्यालय जान पाएका छैनन् । दिनरात नभनी हाम्रो सुरक्षाको लागि खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई आफ्नो सुरक्षाको लागि अत्यावश्यक चाहिने पीपीईको अभाव देखिन्छ जसले गर्दा बिरामीहरुको चेकजाचँमा पनि प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।

म चाहिँ लकडाउनको समयमा घरमा नै बसेको छु । घरको करेसा बारीमा तरकारी लगाउने काम गर्छु । नियमित रुपमा व्यायम गर्छु । खाना पकाउन धेरै नै मन पर्ने हुँदा मेरो धेरै जस्तो समय भान्छामा नै बिताउँछु । समाचार हेर्छु, सामाजिक संजालमा साथीहरुसँग कुरा गर्छु, केहि समय पढ्छु । यसरी नै बितिरहेछ छ मेरो लकडाउनको समय ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।