शान्तिपूर्ण प्रदर्शन

अहिले युवाहरूले नै देशमा परिर्वतन ल्याउँछन् जस्तो लाग्छ किनभने युवाहरूसँग त्यस्तो शक्ति हुन्छ जसले जे पनि गर्न सक्छ । यहाँ ‘इनफ इज इनफ’ भन्ने विरोध कार्यक्रमको कुरा गर्छु । सुरुमा काठमाडौंमा प्रदर्शन भएको थियो । त्यहाँका प्रदर्शनीमा युवाहरूको सहभागिता देखेर हामीहरूले दाङमा पनि केही गर्नुपर्छ भन्ने लाग्यो । हामीहरूले पनि यस कार्यक्रमलाई समर्थन गर्नुपर्छ आफ्नो ठाउँबाट भन्ने लाग्यो ।

हामीले कुनै राजनीतिक पार्टीबाट हैन, स्वतन्त्र युवा भएर प्रदर्शन गर्नुपर्छ भन्ने कुरा भयो । हामीले एकापसमा छलफल गर्यौं । लगभग दुई–तीन दिनमै सबैले हुन्छ भन्नुभयो ।

अनि हामीले फेसबुकमा ‘गुप्र च्याट’ बनायौं । त्यसमा सबै कुरा उठायौं । कसरी र कहिले प्रदर्शन गर्ने भनेर कुराकानी गर्यौं । जजसलाई प्रशर्दनमा आउन मन छ या भनौ सहभागी हुन मन छ उहाँहरूलाई हामीले जोड्दै गयौं । हामीले प्लेकार्ड बनायौं । हामीले प्लेकार्डमा के राख्ने के नराख्ने भन्ने छलफल गर्‍यौं । अलि उपयुक्त नभएका प्लेकार्ड हामीले हटायौं ।

यस काममा मलाई घरबाट पूर्ण सहयोग थियो । अहिले पनि छ । किनभने मेरो मामु पनि बाहिर हिंड्नुहुन्छ । उहाँ जेसिजको भूतपूर्व सभापति पनि हो । उहाँले सबै कुरा बुझ्नुभएको छ । प्रदर्शनीमा जाँदा हामीले मास्क, ग्लोब लगाएका थियौं, हामी एकअर्काभन्दा टाढा बसेका थियौं ।

हामीले एउटा अनलाइ फर्म पनि बनाएका थियौं । त्यसमा सहभागिताहरूले आफ्नो नाम, ठेगाना र फोन नं. राख्न मिल्थ्यो । त्यो प्राइभेट थियो । कसैलाई केही भयो भने सम्पर्क गर्न र प्रदर्शनीमा कति सहभागी भए हेर्न सजिलो होस् भनेर । प्रदर्शनमा हामी २०० जना जति सहभागी भयौँ । प्रदर्शनीमा केटीभन्दा केटा धेरै सहभागी भए ।

नबुझ्नेले यो प्रदर्शन राजनीतिक पार्टीले गरेको भन्थे तर हामी स्वेच्छाले गएका थियौं । किनभने हामीलाई ठाउँठाउँबाट आवाज उठाउने हो भने पक्कै पनि परिर्वतन आउँछ जस्तो लागेको थियो । कतिले त मलाई आजकल राजनीति गर्दैछस् रे पनि भन्नुभयो । तर मैले ती कुराको वास्ता गरिनँ ।

प्रदर्शन गर्ने अघिल्लो दिन हामीले प्रशासनमा खबर गरेका थियौं । प्रदर्शन गर्दा पुलिसले प्रदर्शन रोक्नु नत्र हामी पक्रिन्छौं भन्नुभयो । हामीले शान्तिपूर्वक प्रदर्शन गर्छौं भनेर उहाँहरूलाई सम्झायौं । उहाँहरूले केही भए आफ्नो जिम्मा आफै लिनू भन्नुभयो ।

यति धेरै मानिसलाई कसरी व्यवस्थित गर्ने भनेर चिन्ता लागेको थियो । तर मेरा दाइहरूले अनि अरु युवा साथीभाइले व्यवस्थित गर्नुभयो । हामीले सडकमा बसेर केही बेर शान्तिपूर्वक प्रदर्शन गर्‍यौं । त्यो सफल भयो । यो अन्त्य होइन सुरुवात हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।