एकताको बल

हाम्रो देश शान्तिपूर्ण देश भनेर चिनिन्छ । फेरि यही देशमा तछामछाड भइरहेको छ । त्यसैले पनि मलाई सरकारका कामकाज देखेर दिक्क लागेको थियो । एक दिन हाम्रो दारी ग्याङको एक जना दाइले आफ्नो फेसबुक वालमा प्रदर्शनलाई समर्थन गर्नुपर्छ भन्ने कुरा सेयर गर्नुभएको थियो । के होला भनेर हेर्दा सरकारलाई खबरदारी गर्न युवाहरुले प्रदर्शन गर्ने भन्ने कुरा रहेछ । त्यो देख्दा मलाई पनि प्रदर्शन गर्न जानुपर्छ भन्ने भयो । म जस्तै अरुले आफ्नो आवाज उठायौँ भने हाम्रा माग पूरा हुन्छन् भन्ने लाग्यो । किनभने एकतामा नै बल हुन्छ ।

म पहिलादेखि नै सामाजिक काममा लागिरहने भएकोले पनि मेरो काममा मम्मी बुबाले साथ दिनुहुन्छ । कोरोना लाग्ला भन्ने डर थियो तर सामाजिक दूरी अपनाएर प्रदर्शन गर्‍यौँ ।

म दुई पटक प्रदर्शनमा गएको थिएँ । हामीले शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर कुराकानी गरेका थियौं । केही साथीहरुले नारा लगाउने भन्दा हामीले उहाँहरुलाई सम्झायौं । पुलिस प्रशासनबाट हस्तक्षेप भएन ।

दोस्रो प्रदर्शन पनि शान्तिपूर्ण हुन्छ भन्ने थियो तर केही समयपछि नारा लगाउन सुरु भयो । मलाई त्यो मन परेन । किनभने शन्तिपूर्ण प्रदर्शन भनेपछि नारा किन लगाउनु ? भीडभाड पनि धेरै थियो त्यो बेला । त्यहाँ विभिन्न पार्टीका मान्छे पनि थिए । त्यहाँ मलाई अरुभन्दा पनि कोरोनाको डर लाग्यो ।

 हामी युवाहरु घाम–पानी नभनेर सधैं सडकमा आउनुपर्ने किन ? सरकारका निणर्यको विपक्षमा हामी उभिनुपर्ने अवस्था किन आयो भनेर प्लेकार्ड बोकेर गएको थिएँ । त्यसमा लेखेको थिए, किन सधैं युवा सडकमा ?

हामी सधैं सरकारको कुरा मान्छौँ । तर सरकार किन सकारात्मक बाटोतिर नगएर नकारात्मकतिर जान्छ । हामी जनताको कुरा सरकारले किन सुन्दैन ? अहिले यस्तो विपत्‌का बेलामा पनि सरकारले छिटो काम गरेको छैन । कोरोना संक्रमितहरु दिनैपिच्छे बढिरहेका छन् । सरकार भने कुरा मात्रै धेरै गरेर बसेको छ, काम कम भएको छ । त्यसैले पनि म आफ्नो ठाउँबाट आवाज उठाउन स्वतन्त्र रूपमा सडकमा निस्केको हुँ । हामी सबैले सरकारलाई खबरदारी गरिरहने हो भने देशका विभिन्न समस्या समाधान हुन्छन् जस्तो लाग्छ ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।