सिस्टमै फेर्नुपर्छ

युवाहरुले प्रदर्शन गर्दैछन् भनेर फेसबुकमार्फत थाहा पाएँ । त्यसपछि मलाई पनि जानुपर्छ भन्ने लाग्यो । मैले मम्मीलाई सोधें । मम्मीले जानु पर्दैन भन्नुभएको थियो कोरोनाका डरले ।

अब त अति नै भइसक्यो, केही परिर्वतन आउनुपर्छ भन्ने कुरा मम्मीलाई पनि थाहा थियो । त्यसपछि उहाँले मलाई जान दिनुभयो । पहिलो पटक बालुवाटारमा पुग्दा डर लागेको थियो कोरोनाको । तर त्यहाँ पुगेपछि मैले डर भुलेँ । त्यतिखेर मलाई सरकार होइन हाम्रो सिस्टम नै फेर्नुपर्छ भन्ने लागेको थियो । म शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर त्यहाँ गएको थिएँ ।

पुलिसले पानीको फोहोरा हान्दा चाहिँ म निस्किसकेको थिएँ । अर्को पटक माइतीघरको प्रदर्शनीमा म केही समय बसेपछि हुलदंगा होला भनेर त्यहाँबाट हिँडेको थिएँ ।

हाम्रो कुरा सरकारले सुन्नुपर्छ भन्ने लाग्छ । किनभने अब अति भइसकेको छ ।

म सानो रेस्टुरेन्ट चलाउने मान्छे हुँ । म कति निराश भएको छु ! अरुको त व्यवसाय होला तर मेरो व्यवसाय खुल्न त समय लाग्छ ।

जनताले कतिञ्जेल सहेर बस्ने ? सिस्टम राम्रो बनाएर, राम्रोसँग मिलाउँदै जाने हो भने कोरोनाबाट संक्रमित हुनेको संख्यामा कमी आउँदै जान्छ । लकडाउन मात्रै गरेर त हुन्न नि ! त्यही भएर सरकारलाई दबाब दिन म तेस्रो पटक पनि प्रदर्शनीमा गएँ । हामीले शान्तिपूर्ण प्रदर्शन गर्‍यौं राष्ट्रिय गान गाएर । त्यो दिन नेपालको नक्सा पास भएको दिन थियो । त्यसका लागि हामीले सरकारलाई धन्यवाद पनि दियौँ ।

यो अर्थपूर्ण विरोध हो भनेर गएको हुँ । कोरोना सर्न सक्छ भन्ने डर लगेको त थियो तर भोक र सरकारले गर्दा धेरै मान्छे मर्लान् जस्तो लागेर म प्रदर्शनमा सहभागी भएको हुँ ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।