लकडाउन लम्बिदै ब्याज बढ्दैछ लकडाउन कथा

लकडाउन लम्बिदै, ब्याज बढ्दैछ !

म देवेन्द्र सिंह। मेरो घर बहुदरमाई नगरपालिका वडा नं. १ पिपरा टोलमा पर्छ। मैले कुखुरा पालेको छु। २०७० सालमा यो व्यवसाय सुरु गरेको हुँ। यसमा अहिलेसम मैले रु. बीस लाख जति लगानी गरेको छु। यो मैले अहिलेसम्म गरेको ठूलो लगानी हो। मलाई यस काममा मेरो भतिजोले सहयोग गर्छ। म उसलाई काम गरेको हिसाबले ज्याला दिन्छु। हामी दुई जनामध्ये एक जना खोरमै बस्छौं। एक जना दाना, औषधी तथा कुखुरा बेचेको पैसा लिन जिल्ला सदरमुकाम वीरगन्ज धाउने गर्थ्यौं।

कोरोना भाइरसको हल्ला चलेदेखि हाम्रो व्यापार चौपट भएको छ। होलीको समय अलिअलि व्यापार भयो। त्यसपछि बन्द छ। कोरोनाको महामारीमा मासु खानु हुँदैन भनेर हल्ला फैलिएदेखि बिक्री छैन। अरू बेला केजीको रु दुई सयमा बिक्री हुने जिउँदो कुखुरा अहिले एक सय तीस रुपैयाँमा दिँदा पनि किन्ने मान्छे छैन। मेरो खोरका कुखुरा बजार पठाउने बेलामा हल्ला भएकाले मलाई धेरै असर परेको छ। यसरी महामारी आउँछ भनेर थाहा भएको भए कुखुराका चल्ला राख्दैनथेँ। त्यसो भएको भए चल्लामा गरेको लगानी त खेर जाँदैनथ्यो।

अरू बेला पर्सा जिल्लामा एक पटकमा ६ लाख कुखुरा उत्पादन हुन्थ्यो। अहिले घटेर ३०-३५ हजारमा झरेको अवस्था छ। चालीस दिनमा हाम्रो फर्मबाट कुखुरा तयारी हुन्छन्। तिनीहरुलाई हामी बेच्छौँ। त्यही रकमबाट फेरि चल्ला र दाना किन्ने, साहूको ब्याज तिर्ने तथा घरखर्च चलाउने गर्दै आएका थियौँ।

अहिले खोरमा कुखुरा भरिभराउ छन् तर किन्ने कोही छैन। बिक्री नभए पनि र आम्दानी नभए पनि कुखुरालाई दाना खुवाउनै पर्‍यो। एक दिनमा एक बोरा दाना लाग्छ जसको मूल्य रु. तीन हजार पर्छ। अहिले दाना खरिद गर्ने पैसा छैन। गाउँघरको खेत धरौटी राखेर ब्याजमा पैसा लिएर दाना खरिद गरेर खुवाउँदैछु। दाना लिन जान पनि कठिन छ। प्रहरीले बाहिर लिन जान दिँदैन। अरू ठाउँमा काम गर्नेहरुसँग परिचयपत्र हुन्छ। हामी किसानले के देखाउने? कुखुराको फर्म देखाउने कुरा भएन। कठिन छ जिन्दगी। एक दिन म औषधी लिन आफ्नो गाउँबाट १० किलोमिटर टाढा वीरगन्जमा गएको थिएँ। पुलिसले पावरहाउस चोकमै समात्यो। एक किलोमिटर पैदल हिँडेर औषधी किनेर आएँ, औषधी देखाएपछि बल्ल पन्ध्र सय तिराएर मोटरसाइकल दियो अनि लिएर घर आएँ। जताबाट पनि मारमै छु।

अहिले कुखरा मारौं कि राखौं दोधारमा परेको छु। राखौं भने ब्याजमा पैसा लिएर कहिलेसम्म दाना खुवाउने? मारौं भने भोलि लगानी कसरी उठाउने? साहूको ऋण कसरी तिर्ने? फेरि व्यवासय कसरी सञ्चालन गर्ने? केही सोच्न नसक्ने अवस्थामा छु अहिले म। अरू सबै कुराको भाउ बढेको छ। सरकारले पनि अरू खाद्य सामग्री किनबेच गर्न छुट दिएको छ तर मासु पसल बन्द गरेको छ। अहिले हामीलाई मर्नु न बाँच्नु भएको छ।

यो कथा देवेन्द्र सिंहसंग गरीएको कुराकानीमा रहेर शिवनाथ यादबले लेख्नु भएको हो ।

कोरोनाले खोसेको घर फर्कने खुसी लकडाउन कथा

कोरोनाले खोसेको घर फर्कने खुसी

रितेश झा बिरानो शहरमा एक्लै थुनिँदा !

बिरानो शहरमा एक्लै थुनिँदा !

जे हुँदा पनि सुख छैन

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।